जानकी मन्दिरमा दीप बाल्दै
सोमबार, कात्तिक ३, २०८२
मेचीनगरमा भेटियो ‘हरित परेवा’को बथान‚ चरा संरक्षित नगरपालिका घोषणा गर्न माग
सोमबार, कात्तिक ३, २०८२
विगत चार दिनमा बाहुनडाँगी र काँकडभिट्टाको सहरी र ग्रामीण क्षेत्रमा ९१ वटाको बथान भेटिनुले मेचीनगर हरित परेवाको स्वर्ग सरी भएको खरेलको भनाइ छ । उनले मेचीनगरमा चरा ३३७ प्रजातिका चरा पाइएको हुँदा नगरलाई चरा संरक्षित क्षेत्र घोषणा गरिनुपर्ने माग गरिएको बताए ।
सामूहिक आक्रमणमा चार घाइते‚ पूर्व वडाध्यक्ष समेत प्रहरी नियन्त्रणमा
सोमबार, कात्तिक ३, २०८२
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालका अनुसार, घाइते हुनेमा ६० वर्षीय शिवनन्दन यादव, उनको श्रीमती दुर्गीदेवी यादव, छोरा जमाहिर यादव र बुहारी रिता यादव छन् । गम्भीर घाइते रिता यादवलाई उपचारका लागि जनकपुर पठाइएको छ भने अन्यको मिर्चैयामै उपचार भइरहेको छ ।
ग्यास बुलेटमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु
सोमबार, कात्तिक ३, २०८२
चितवनको खैरहनी नगरपालिकामा रोकिराखेको ग्यास बुलेटमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।
अब ज्येष्ठ नागरिकले पाउनेछन् हवाई भाडामा व्यापक छुट
सोमबार, कात्तिक ३, २०८२
नेपाल नागरिक उड्डयन प्राधिकरणले ज्येष्ठ नागरिक र फरक क्षमता भएका यात्रुका लागि हवाई भाडामा छुट दिने निर्णय गरेको छ।
प्रतिनिधि सभा विघटनविरुद्ध १६ रिट, कात्तिक १२ गते सुनुवाइ
सोमबार, कात्तिक ३, २०८२
सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध आइतबार थप पाँच रिट निवेदन दर्ता भएका छन्। यसअघि ११ रिट निवेदन दर्ता गरिएका छन्। यही कात्तिक १२ गते सुनुवाइका लागि पेसी तोकिएको छ।
विपिन जोशीको शव आज काठमाडौँ ल्याइँदै
सोमबार, कात्तिक ३, २०८२
हमासले बन्धक बनाएका बेला मारिएका विपिन जोशीको शव आज नेपाल ल्याइपुर्याइँदै छ।
भीभीआईपीको स्वागतमा कानुनले निर्धारण गरेको व्यक्ति मात्र जाने, फूलमाला/खादा प्रयोग नगर्ने
सोमबार, कात्तिक ३, २०८२
गृह मन्त्रालयले अतिविशिष्ट व्यक्ति (भीभीआईपी) र विशिष्ट व्यक्ति (भीआईपी) जिल्लामा आउँदा प्रचलित कानुनले निर्धारण गरेकोबाहेक अन्य व्यत्ति स्वागत गर्न नजान भनेको छ ।
हङकङमा कार्गो विमान समुद्रमा खस्दा दुईजनाको मृत्यु
सोमबार, कात्तिक ३, २०८२
हङकङ अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गबाट एउटा कार्गो विमान चिप्लिएर समुद्रमा खस्दा दुईजनाको मृत्यु भएको छ ।
६ महिनाभित्र स्थिर सरकार दिने प्रधानमन्त्री कार्कीको प्रतिबद्धता
सोमबार, कात्तिक ३, २०८२
प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकारले ६ महिनाभित्र स्थिर सरकार दिने बताएकी छन् । फागुन २१ मा स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा निर्वाचन गरेर स्थिर सरकार दिने उनले दोहोर्याएकी छन् ।
धनधान्यकी देवी लक्ष्मी पूजा गरिँदै, कुकुर तिहार पनि आजै
सोमबार, कात्तिक ३, २०८२
यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा गरिँदैछ ।
जिल्लास्तरमा निर्वाचनमैत्री वातावरण बनाउन गृह मन्त्रालयको निर्देशन
आइतबार, कात्तिक २, २०८२
मन्त्रालयले अत्यावश्यक सेवा (सडक, सञ्चार, विद्युत्, खानेपानी, स्वास्थ्य उपचार, रक्तसञ्चार सेवा, सार्वजनिक यातायात, दमकल, एम्बुलेन्स आदि) मा सेवा अवरुद्ध नहुने सुनिश्चित गर्न निरन्तर समन्वय गर्ने साथै सेवा अवरुद्ध गर्ने बिरुद्ध तत्काल कारबाही गर्न पनि निर्देशन दिएको छ । जिल्लाभित्र वस्तु तथा सेवाको अभाव हुन नदिई सहज तथा नियमित आपूर्ति सुनिश्चित...
राजनीतिक दलसँग वार्तामा बस्दै प्रम कार्की‚ मंगलवारलाई बोलाइन् बैठक
आइतबार, कात्तिक २, २०८२
बालुवाटार स्रोतका अनुसार अन्तरिम सरकार प्रमुख कार्कीले मङ्गलवार अर्थात् कात्तिक ४ गते दिउँसो ४ बजेका लागि दलहरूलाई संवादमा आउन भनेकी हुन्। उनले राष्ट्रिय दलको मान्यता पाएका राजनीतिक दलबाट २-२ जना उच्चस्तरीय प्रतिनिधि पठाउन औपचारिक पत्र लेखेकी हुन् ।


