पूर्वसचिव खड्का प्रदेशसभा सचिवमा नियुक्त
बुधबार, कात्तिक २६, २०८२
सात जिल्लाका सिडिओसहित ५८ जना सहसचिव तथा उपसचिवको सरुवा
बुधबार, कात्तिक २६, २०८२
गृह मन्त्रालयले सात जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ)सहित ५८ जना सहसचिव तथा उपसचिवको सरुवा गरेको छ। बुधबार मन्त्रालयले ५८ जना सहसचिव तथा उपसचिवको सरुवा गरेको हो ।
ग्लोबल आइएमई बैंकको १९औं वार्षिक साधारणसभा, ८ प्रतिशत नगद लाभांश स्वीकृत
बुधबार, कात्तिक २६, २०८२
बैंकका ३५२ शाखा कार्यालय, ३८४ एटिएम, १५० शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसहित १,००० भन्दा बढी सेवा केन्द्रमार्फत ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ ।
इस्लामावादमा विस्फोट : १२ जनाको मृत्यु, ३० घाइते, भारतमाथि पाकिस्तानको यस्तो आरोप
बुधबार, कात्तिक २६, २०८२
पाकिस्तानको राजधानी इस्लामावादमा रहेको अदालतबाहिर भएको विस्फोटमा कम्तीमा १२ जनाको मृत्यु भएको छ । ३० भन्दा बढी घाइते भएका छन् ।
कुरा नमिलेपछि जेनजीका ६ जना प्रदेश संयोजकलाई कुलमानको उज्यालो नेपाल पार्टीमा जान सुदनले नै रोकिदिए
बुधबार, कात्तिक २६, २०८२
कुलमानसँग मिलेर पार्टी खोल्ने गरी यसअघि सहमति जुनाएका सुदनले ‘द काउन्सिल अफ जेनजी’का ६ जना प्रदेश संयोजकलाई समाहित गराउन खोजेका थिए । तर ऊर्जामन्त्री कुलमानसँग मंगलबार दुई चरणमा भएको वार्तामा कुरा नमिलेपछि सुदन पछि हटेका छन् ।
बिहारमा ‘अयोग्य’ घोषित मतदातामध्ये अधिकांश भारतीय पुरुषसँग विवाह गरेका नेपाली महिला
बुधबार, कात्तिक २६, २०८२
तर ‘अयोग्य’ घोषित मतदातामध्ये ८५ प्रतिशतभन्दा बढी बिहार–नेपाल सीमा छेउका सुपौल, किशनगञ्ज, पश्चिम चम्पारण र पूर्वी चम्पारण गरी चार जिल्लामा केन्द्रित भएको पाइएको भारतीय सञ्चारमाध्यम स्क्रोल डटकमले जनाएको छ ।
मधेसको मुख्यमन्त्री नियुक्तिविरुद्ध ७४ सांसदले दर्ता गरेको रिटको पेसी आज
बुधबार, कात्तिक २६, २०८२
मधेसको मुख्यमन्त्री नियुक्तिविरुद्ध ७४ सांसदको दर्ता गरेको रिटमा आज पेसी तोकिएको छ ।
मधेस प्रदेशमा मुख्यमन्त्री नियुक्तिविरुद्ध ७४ सांसदले सर्वोच्चमा रिट दायर गरेका थिए । कुल ११० सदस्यीय प्रदेशसभाका ७४ सांसदले मुख्यमन्त्री नियुक्ति संवैधानिक नभएको दाबीसहित रिट दायर गरेका छन् ।
नेपाल वायुसेवा निगमले सुरु गर्यो अस्थायी कर्मचारी कटौती
मंगलबार, कात्तिक २५, २०८२
नेपाल वायु सेवा निगमले काममा सक्रिय नभएका करार तथा मासिक ज्यालादारीका कर्मचारी कटौती गर्न सुरु गरेको छ ।
कञ्चनपुरको दैजीमा बेवारिसे शव फेला
मंगलबार, कात्तिक २५, २०८२
कञ्चनपुरको बेदकोट नगरपालिका–३ दैजीस्थित पूर्व–पश्चिम राजमार्ग किनारमा रहेको होम पाइपभित्र आज दिउँसो एक बेवारिसे पुरुषको शव फेला परेको छ ।
मतदाता नामावली दर्ता गर्नेको भिड बढेसँगै आयोगले थाल्यो दुई सिफ्टमा काम
मंगलबार, कात्तिक २५, २०८२
निर्वाचन आयोगले मतदाता नामावली दर्तास्थलमा सेवाग्राहीको चाप बढेपछि थप जनशक्ति र सिफ्टको व्यवस्था गरेको छ ।
वायुसेवा निगमको महाप्रबन्धक नियुक्तिको प्रक्रिया अघि बढाउन प्रधानमन्त्रीको निर्देशन
मंगलबार, कात्तिक २५, २०८२
प्रधानमन्त्री सुशीला कार्कीले नेपाल वायुसेवा निगममा खुला प्रतिस्पर्धाबाट महाप्रबन्धक नियुक्त गर्ने प्रक्रिया तत्काल अघि बढाउन निर्देशन दिएकी छन् ।
हुम्लामा थपिए ९७५ नयाँ मतदाता‚ नाम दर्ता गराउनेमा ७४ वर्षकी वृद्धा समेत
मंगलबार, कात्तिक २५, २०८२
हुम्लामा ९७५ मतदाता थपिएका छन् । मतदाता नामावलीमा नाम दर्ताका लागि आह्वानभएसँगै सो सङ्ख्यामा मतदाता थपिएका हुन् ।
आफ्नै सुझाव कहिले कार्यान्वयन हुन्छ अर्थमन्त्रीज्यू ?
मंगलबार, कात्तिक २५, २०८२
राजस्व अनुसन्धान विभाग खारेज गर्न सुझाव दिने आयोगका अध्यक्ष नै अहिले सुझाव कार्यान्वयन गर्ने पदमा छन् । यस्तो बेलामा पनि विभागका कर्मचारी बेपरवाह राज्य आतंक मच्चाइरहेका व्यवसायीको गुनासो छ ।


