Odapalika - The Fourth Estate - चौथो अंग
आज  अमेरिकी डलर भन्दा पाउण्ड ३८ रुपैयाँ महंगो, यस्तो छ  दर 

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइबार)का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकका अनुसार आज बेलायती पाउण्ड १ को खरिद दर १६८ रुपैयाँ ३ पैसा र बिक्री दर १६८ रुपैयाँ ८० पैसा निर्धारण गरेको छ ।

कतारी रियालको मूल्य १ को खरिद दर ३५ रुपैयाँ ९१ पैसा र बिक्री दर ३६ रुपैयाँ ८ पैसा छ ।

यस्तै, अमेरिकी डलर १ को खरिद दर १३० रुपैयाँ ८२ पैसा र बिक्री दर १३१ रुपैयाँ ४२ पैसा तथा युरो १ को खरिद दर १४५ रुपैयाँ ५४ पैसा र बिक्री दर १४६ रुपैयाँ २० पैसा छ ।

भारतीय रूपैयाँ १ सयको खरिद दर १६० रूपैयाँ छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा छ ।   
 

प्रकाशित मिति: आइतबार, साउन ७, २०८०  ०६:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update