Odapalika - The Fourth Estate - चौथो अंग
युनिफर्ममै क्याप्टेनको कुटाकुट : क्यानले गर्याे विमानस्थल प्रमुखलाई निलम्बन

काठमाडौं । नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) ले रामेछाप विमानस्थलका प्रमुखलाई निलम्बन गरेको छ । शुक्रबार बिहान बिहान लुक्लाबाट मन्थली विमानस्थलमा जहाज अवतरण गराएका तारा एयरका पाइलटबीच कुटाकुट भएपछि प्राधिकरणले विमानस्थल प्रमुख अशोक थापालाई निलम्बन गरेको हो । 

प्राधिकरणले शुक्रबार दिउँसो एक सूचना जारी गर्दै अर्को सूचना नभएसम्मका लागि रामेछाप विमानस्थल प्रमुख थापालाई निलम्बन गरिएको जनाएको छ । 

उक्त घटनाको विषयमा प्राधिकरणलाई समयमा जानकारी नगराएको भन्दै निलम्बन गरिएको प्राधिकरणले जनाएको छ । 

यसअघि प्राधिकरणले तारा एयरका क्याप्टेन सन्तोष शाह र सञ्जीव श्रेष्ठको लाइसेन्स सस्पेन्स गरिसकेको छ । 

प्रकाशित मिति: शुक्रबार, कात्तिक १७, २०८०  १२:४४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update