Odapalika - The Fourth Estate - चौथो अंग
७१ सामुदायिक विद्यालयमा प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्त गर्दै काठमाडौं महानगर

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्र रहेका ७१ वटा विद्यालयका लागि करारमा प्रधानाध्यापक नियुक्त गर्ने भएको छ । महानगरले शुक्रबार एक सूचना जारी गर्दै उक्त विद्यालयमा प्रधानाध्यापक नियुक्तीका लागि दरखास्तको आह्वान गरेको हो । 

सूचना अनुसार आधारभूत तह (कक्षा १ देखि ५) सम्मका लागि ६ जना, आधारभूत तह (कक्षा १ देखि ८) सम्मका लागि २१ जना र माध्यमिक तहका लागि ४४ जना प्रधानाध्यापक नियुक्तीका लागि आह्वान गरेको हो । 

काठमाडौं महानगरपालिका शिक्षा ऐन, २०७५ को दफा २९ क बमोजिम उक्त सामुदायिक विद्यालयमा ५ वर्षका लागि करारमा प्रधानाध्यापक छनोट गरिने भन्दै महानगरले दरबन्दी मिलान तथा प्रधानाध्यापक नियुक्तीसम्बन्धी कार्यविधि २०८० बमोजिम दरखास्त आब्हान गरिएको जनाएको छ । 

महानगरले शुक्रबार जारी गरेको सूचना अनुसार मंसिर १ गतेसम्म दरखास्त दिन सकिनेछ । 

महानगरले माध्यमिक तहका लागि २ हजार, आधारभूत तह (कक्षा १ देखि ८) सम्मका लागि १ हजाार ५ सय र आधारभूत तह (कक्षा १ देखि ५ सम्म) का लागि १ हजार रुपैयाँ दरखास्त शुल्क समेत तोकेको छ । 

प्रकाशित मिति: शुक्रबार, कात्तिक १७, २०८०  १६:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update