Odapalika - The Fourth Estate - चौथो अंग
भूकम्पमा नलगाढ नगरपालिकाकी उपप्रमुख सिंहको मृत्यु

जाजरकोट । गएरातीको भूकम्पले जाजरकोटको नलगाढ नगरपालिकाकी उपप्रमुखको  मृत्यु भएको छ ।

भूकम्पमा परेर उपप्रमुख सरिता सिंहको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी भीम ढकालले जानकारी दिए ।

सदरमुकाम खलंगास्थित माथिल्लो थाप्लेमा सुतिरहेको अवस्थामा घर भत्किँदा उनको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख डिएसपी किशोर श्रेष्ठले जानकारी दिए।

नलगाड नगरपालिका-८ मैदेकी सिंह स्थानीय तह २०७९ को निर्वाचनमा नेपाली कांग्रेसबाट उपमेयरमा निर्वाचित भएकी थिइन्।

प्रकाशित मिति: शनिबार, कात्तिक १८, २०८०  ०६:११
प्रतिक्रिया दिनुहोस्
Weather Update