Odapalika - The Fourth Estate - चौथो अंग
भुइँचालोले रूकुम र जाजरकोटमा कम्तिमा ३५ जनाको मृत्यु, सयौं घाइते

पश्चिम नेपालमा शुक्रबार राति आएको ६.४ म्याग्निच्युडको भुइँचालोले अहिलेसम्म कम्तिमा ३५ जनाको ज्यान गएको पुष्टि भएको छ।

रूकुमको आठविसकोट नगरपालिकामा कम्तिमा १४ जनाको मृत्यु भएको छ भने रूकुमकै सानीभेरी गाउँपालिकामा ५ जनाको मृत्यु भएको छ। त्यस्तै, जाजरकोटको भेरी नगरपालिकामा ९ जना र कुशे गाउँपालिकामा ७ जनाको मृत्यु भएको छ।

भूकम्प प्रभावित क्षेत्रबाट घाइतेहरुलाई अस्पतालमा ल्याउने र उपचार गराउने काममा नगरप्रहरी, स्वास्थ्यकर्मी, कर्मचारी र जनप्रतिनिधिहरु खटिएका छन् ।

 

प्रकाशित मिति: शनिबार, कात्तिक १८, २०८०  ०६:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update