Odapalika - The Fourth Estate - चौथो अंग
जाजरकोटमा विनाशकारी भूकम्प, उपपमेयरसहित ३८ जनाको मृत्यु पुष्टि 

काठमाडौँ । जाजरकोट केन्द्रविन्दु बनाएर शुक्रबार राति गएको ६ दशमलव ४ म्याग्निच्युडको भूकम्पका कारण हालसम्म रुकुम पश्चिममा मात्र एक जना नगरपालिका उपप्रमुख उपाध्यक्षसहित ३८ जनाको मृत्यु भएको छ । 

राति ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामेडाँडा आसपास केन्द्रबिन्दु भएर भूकम्प जाँदा मानवीयसँगै ठूलो स.ख्यामा भौतिक क्षति भएको छ । 

जाजरकोटसहित रुकुमपश्चिममा सबैभन्दा वढी मानविय क्षति भएको हालसम्म पुष्टि भएको छ । 

जाजरकोटको नलगाढाड नगरपालिकाका उपप्रमुख सरिता सिंहको उपचारका क्रममा निधन भएको छ भने रुकुमपश्चिममा मात्र कम्तीमा ३७ जनाको मृत्यु भएको पुष्टि भएको छ । 

प्रकाशित मिति: शनिबार, कात्तिक १८, २०८०  ०६:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update