Odapalika - The Fourth Estate - चौथो अंग
१६ जना मेडिकल टोली लिएर प्रधानमन्त्री भूकम्प प्रभावित क्षेत्रमा 

काठमाडौँ । जाजरकोट र रुकुम पश्चिममा गएराती गएको भूकम्पले पु¥याएको क्षतिबारे जानकारी लिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, डाक्टरको टोलीसहित त्यसतर्फ उडेका छन् । 

भूकम्पले ठूलो जनधनको क्षति पुर्याएको र धेरै घाईते भएको कारण डाक्टरको टोली लिएर प्रधानमन्त्री त्यसतर्फ उडेका प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए । 

‘प्रधानमन्त्री एकजना सुरक्षाकर्मी र अरु सबै डाक्टरहरु र औषधि लिएर त्यसतर्फ उड्नु भएको छ । एयरपोर्टबाट केहीबेरअघि उहाँ त्यसतर्फ लाग्नु भएको छ । अहिले घाईतेहरुको उद्धार नै पहिलो प्राथमिकता हो ।’ आर्चायले भने । 

खोज, उद्वार तथा उपचार ब्यवस्थाका लागि प्रधानमन्त्रीसहितको स्वास्थ्यकर्मीको टिमस्थलगत गएको हो । त्यस्तै अर्को स्काई ट्रक अबको केहीबेरमा थप डाक्टर र मेडिकल सामाग्रीसहित त्यसतर्फ उड्ने तयारीमा रहेको उनले बताए । 

शुक्रबार राति ११ बजेर ४७ मिनेट जाँदा ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो । सो भूकम्पलगत्तै १२ बजेर ८ मिनेट जाँदा ४.५ म्याग्न्च्यिुडको भूकम्प गएको थियो । यसको केन्द्रबिन्दु पैंक र रामिडाँडाको आसपास रहेको थियो । त्यसपछि १२ बजेर २९ मिनट जाँदा ४.२ म्याग्निच्युडको अर्को परकम्प गएको थियो भने १२ बजेर ३५ मिनेट जाँदा ४.३ म्याग्निच्युडको परकम्प गएको थियो ।

जाजरकोटको रामीडाँडा आसपास केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पपछि निरन्तर साना र ठूला पराकम्प गइरहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, कात्तिक १८, २०८०  ०७:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update