Odapalika - The Fourth Estate - चौथो अंग
जाजरकाेट भूकम्प अपडेटः ६३ जनाको मृत्यु पुष्टि, ९७ जनाभन्दा बढी घाइते

काठमाडौँ । शुक्रबार राती जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पमा परी ६३ जनाको ज्यान गएको प्रहरीले पुष्टि गरेको छ । 

कर्णाली प्रदेशका प्रहरी नायव उपरीक्षक (डिआइजी)भीमप्रसाद ढकालका अनुसार रुकुम पश्चिम र जाजरकोटमा गरी बिहान ६ बजेसम्ममा ६३ जनाको ज्यान गएको छ । ९७ जना घाइते भएको विवरण छ । 

घाइते र मृतकको संख्या प्राप्त विवरण भन्दा धेरै हुन सक्ने भन्दै उनले भने, ‘भूकम्पको केन्द्रविन्दु जाजरकोटमा ३६ जना र रुकुम पश्चिममा २७ जनाको मृत्यु भएको छ । हालसम्म ९७ जना घाइते भएको र उनीहरुको प्रहरीले उद्दार गरेको छ ।’

मृतको संख्या बढ्न सक्ने ढकालले बताए । रुकुम पश्चिममा मात्रै बिहान ५ बजेसम्मको विवरण अनुसार ५३ जना घाइतेलाई अस्पतालमा लगिएको रुकुम पश्चिमका डिएसपी नमराज भट्टराईले जानकारी दिए । 

उनका अनुसार रुकुम पश्चिमका आठबिसकोट नगरपालिका र सानीभेरी गाउँपालिका भूकम्पले बढी प्रभावित भएका छन् । भूकम्पले घर र गोठहरु भत्किएका छन् भने सडकहरु पनि अवरुद्ध भएका छन् ।

गएराती ११ बजेर ४७ मिनेटमा ६ः४ म्याग्निच्युडको भूकम्प गएको हो । जाजरकोटको रामिडाडा आसपास केन्द्रविदु भएर गएको भूकम्पले ठूलो मानविय भौतिक क्षति गरेकोे छ ।

प्रकाशित मिति: शनिबार, कात्तिक १८, २०८०  ०७:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update