Odapalika - The Fourth Estate - चौथो अंग
भूकम्प प्रभावितका लागि बुद्ध एयरले एक करोड दिने

काठमाडौं । बुद्ध एयरले जाजरकोट र रूकुम पश्चिमको भूकम्प प्रभावितका लागि राहत स्वरुप एक करोड रुपैयाँ सहयोग गर्ने भएको छ ।

बुद्धले राहत स्वरुप प्रधानमन्त्री दैवी प्रकोप कोषमा १ करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो । 

‘जाजरकोट तथा पश्चिम रुकुममा आएको प्राकृतिक विपतमा परि त्यहाँका थुप्रै नागरिकले ज्यान गुमाएका छन् । भूकम्पले थुप्रै परिवार घरबारविहिन भएका छन् । यस दुःखद परिस्थितिमा हामी सबै नेपालीले हातेमालो तथा सहयोगका लागि तत्पर हुनैपर्छ । हामी बुद्ध एयर परिवारको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा १ करोड रुपैयाँ सहयोग दिने निर्णय गरेका छौं । साथै उद्धार तथा राहत सामग्री ढुवानी सहयोगका लागि पनि वचनवद्ध छौं’ बुद्ध एयरले जारी गरेको सूचनामा भनिएको छ । 

प्रकाशित मिति: शनिबार, कात्तिक १८, २०८०  १४:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update