Odapalika - The Fourth Estate - चौथो अंग
भूकम्प प्रभावितका लागि एनसेलले ५० लाख सहयोग गर्ने, भ्वाइस र डाटा निशुुल्क दिने

काठमाडौं । निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेलले भूकम्पपीडित राहत कोषणमा ५० लाख सहयोग गर्ने भएको छ । कर्णाली प्रदेशको मुख्यमन्त्री राहतकोषमा सो रकम जम्मा गर्ने निर्णय गरिएको एनसेलका कानुनी तथा नियामक निकाय प्रमुख विशाल उपाध्यायले जानकारी दिए । 

त्यस्तै एनसेलले भूकम्प प्रभावित क्षेत्रमा ४० लाख बराबरको भ्वाइस र र डाटा निःशुल्क गर्ने निर्णय गरेको पनि जानकारी दिएको छ । यसअघि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले भूकम्प प्रभावित क्षेत्रमा आवश्यक सहयोग गर्न र सेवा सुचारु गर्न निजी क्षेत्रका सेवा प्रदायकहरुलाई आग्रह गरेको थियो ।

प्रकाशित मिति: शनिबार, कात्तिक १८, २०८०  १५:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update