Odapalika - The Fourth Estate - चौथो अंग
आज च्याउ महंगो, यस्तो छ तरकारीको भाउ 

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (आइतबार)का लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।

तरकारी बजारले सार्वजनिक गरेको मूल्य सूचीअनुसार कन्येच्याउमा हिजोको तुलनामा १० रुपैयाँ र डल्ले च्याउमा प्रतिकेजी ५० रुपैयाँ बढेर आएको छ । 

यस्तै मकै बोडीको मूल्य प्रतिकेजी २० रुपैयाँले घट्दा भन्टा र लौकामा १० रुपैयाँ प्रतिकेजी मूल्य घटेर आएको छ । 

समितिले आजको लागि लोकल सानो गोलभेँडाको मूल्य३ ५ रुपैयाँ तोकेको छ । हिजोको तुलनामा गोडभेँडा प्रतिकेजी ५ रुपैयँले घटेर आएको छ । ठूलो गोलभेँडाको न्युनतम मूल्य पनि स्थिर छ । 

आज प्रतिकेजी ८० रुपैयाँमा ठूलो गोलभेँडा पाइने छ । समितिका अनुसार रातो आलु नेपाली प्रतिकेजी ५० रुपैयाँ मूल्य निर्धारण गरिएको छ भने सेतो आलुको न्यूनतम मूल्य ३५ रुपैयाँ छ ।

समितिका अनुसार भारतीय सुकेको प्याज ५० रुपैयाँ न्युनतम मूल्य निर्धारण गर्दा लोकल बन्दाको भाउ प्रतिकेजी १२ रुपैयाँ पुगेको छ । यस्तै, घिउ सिमी लोकल ३०, मूला रातो ३०, मूला सेतो लोकल १५, भन्टा लाम्चो ४०, मकै बोडी ४०, भटमास कोसा ७०, तिते करेला ५०, लौका ५०, परवल ५०, फर्सी पाकेको ४० हरियो फर्सी (डल्लो) ५०, काँक्रो लोकल ६०, कुरीलो २५० र स्कूस ५० रुपैयाँ प्रतिकेजीमा खरीद बिक्री भइरहेको छ । रायोको साग प्रतिकेजी ७० रुपैयाँ, तोरीको साग प्रतिकेजी ५० रुपैयाँ, हरीयो प्याज ७० रुपैयाँ न्युनतम मूल्य छ ।

त्यस्तै, फलफूमा केरा दर्जनको १५० रुपैयाँ तोकिएको छ भने फूजी स्याउ प्रतिकेजी ३५० पुगेको छ । कागती हिजोको तुलनामा प्रतिकेजी ५० रुपैयाँले बढेर २०० पुगेको छ । अनार प्रतिकेजी ४००, आँप मालदह १५०, अंगुर कालो ५५०, तरबुजा हरियो ८०, मौसम २२०, किवि ८००, मेवा ९० रुपैयाँ प्रतिकेजी मूल्य तोकिएको छ ।
 

प्रकाशित मिति: आइतबार, साउन ७, २०८०  ०९:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update