Odapalika - The Fourth Estate - चौथो अंग
डोटीमा जिप दुर्घटना, ८ महिने शिशुसहित ४ जनाको मृत्यु 

काठमाडौँ । धनगढीबाट बाजुरा जाँदै गरेको ग२च २७७६ नम्बरको जिप शनिवार राति साढे २ बजेतिर डोटीको शिखर नगरपालिका–२ अण्यौलस्थित केआई सिंह राजमार्गमा दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ । 

जिपका १० जना यात्रुमध्ये ४ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । 

दुर्घटनामा ज्यान गुमाउनेहरूमा बाजुराको हिमाली गाउँपालिकाकी २२ वर्षीया राधिका मलाल, सोही ठाउँकी ३२ वर्षीया धनशोभा बुढा र उनका छोरा ६ वर्षीय कविन्द्र बुढा र विमला मलालकी आठ महिनाकी छोरी प्रार्थना मलाल भएको प्रहरीले जनाएको छ । 

घाइते ५ जनाको डोटीकै शैलेश्वरी अस्पतालमा उपचार भइरहेको छ । जिप अनियन्त्रित भएर सडकबाट अन्दाजी ६० मिटर तल खसेको प्रहरीको भनाइ छ । जिपका चालकलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

प्रकाशित मिति: आइतबार, कात्तिक १९, २०८०  ०७:१९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update