Odapalika - The Fourth Estate - चौथो अंग
जाजरकोट भुकम्पः प्रधानमन्त्रीले बोलाए विपत् परिषदको बैठक 

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विपद जोखिम न्यूनिकरण  तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बोलाएका छन् । 

शुक्रबार राती जाजरकोटको रामीडाडाँ केन्द्रबिन्दु भई गएको ४ दशमलव ६ रेक्टरको विनासकारी भूकम्प पछिको प्रभाव, प्रभावित क्षेत्रको अवस्था र आगामी कार्यको लागि आवश्यक निणर्य गर्न बैठक बोलाइएको गृह मन्त्रालयले जनाएको छ । 

बैठकमा परिषद्का सबै सदस्य तथा सुरक्षा निकायका पदाधिकारीलाई उपस्थितिको लागि आह्वान गरिएको छ । बैठक बिहान साँढे ९ बजे सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बस्दै छ । 

Prese Note1699148504.jpg

प्रकाशित मिति: आइतबार, कात्तिक १९, २०८०  ०७:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update