Odapalika - The Fourth Estate - चौथो अंग
आजबाट बजारमा बैद्य इनर्जीका दुई पाँग्रे विद्युतीय स्कुटर, कति पर्ला मूल्य ? 

काठमाडौँ  । बैद्य अर्गनाइजेशनको सहायक कम्पनी ‘बैद्य इनर्जी’ले भारतीय इलेक्ट्रीक स्कुटर कम्पनी एथर इनर्जीका उत्पादन नेपालमा बिक्री सुरु गर्न लागेको छ । 

नेपालका लागि एथल स्कुटरको आधिकारिक वितरक बैद्यज इनर्जीले पाएसँगै कम्पनीले उक्त स्कुटर नेपालमा बिक्रीवितरण गर्न लागेको हो । 

विगत ५६ वर्षदेखि टोयोटा गाडी बिक्री गर्दै आएको कम्पनी पहिलो पटक दुई पाङ्ग्रे विद्युतीय सवारीसाधन नेपाल भित्राउन लागेको हो । पहिलो पटक नेपाल ल्याउन लागेको एथरको स्कुटर आइतबार औपचारिक रुपमा उद्घाटन गर्न लागेको कम्पनीले जनाएको छ । 

एथरले आफ्ना उत्पादन विश्व बजारमा लाने रणनीति बनाए अनुसार आफ्नो सर्वाधिक बिक्री हुने फ्ल्यागशिप मोडल ‘४५० एक्स’ आइतबार नेपालमा हुनेछ । 

यस्तो छ स्कुटरको विशेषता

वैद्य इनर्जीले एथर ‘४५० एक्स’ मा दुई फरक ब्याट्री अप्सनमा नेपालमा उपलब्ध हुने जनाएको छ । जसमा २.९ किलोवाट आवर र ३.७ किलोवाट आवरको दुई ब्याट्री रहने छन् । ग्राहकले आफ्नो आवश्यकता अनुसारको भर्सन छनोट गर्न सक्नेछन् । 

कम्पनिले २.९ किलोवाट आवर ब्याट्री भएको स्कुटरको मूल्य ३ लाख ८५ हजार रुपैयाँ र ३.७ किलोवाट आवरको ब्याट्री भएको स्कुटरको मूल्य ४ लाख २० हजार रुपैयाँ तोकेको छ । 

एथर ‘४५० एक्स’ अविश्वसनिय फिचरको कारण चर्चामा रहेको इलेक्ट्रिक स्कुटर हो । यसमा पार्किङ एसिस्ट, अटो होल्ड, फलसेफ, गुगल म्याप जोडिएको ७ इन्चको टीएफटी डिस्प्ले जस्ता फिचर उपलब्ध छन् । यसको टप स्पीड ९० किलोमिटर प्रतिघन्टा रहेको छ । 

भारतीय बजारमा निकै सफल हुँदै गएको ‘४५० एक्स’लाई सिंगल चार्जमा १४६ किलोमिटरसम्म गुडाउन सकिने छ । 

बैद्य इनर्जी र एथर इनर्जीबीच भएको सहकार्यले नेपालमा पनि दिगो यातायातमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा लिएको कम्पनीका सीईओ सूर्यान्स बैद्यले जानकारी दिए । 

प्रकाशित मिति: आइतबार, कात्तिक १९, २०८०  ०८:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update