Odapalika - The Fourth Estate - चौथो अंग
मन्त्रिपरिषदको आकस्मिक बैठक सुरु, भुकम्पपीडितका लागि राहत घोषणा हुने 

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जाजरकोट भूकम्पबारे विशेष निर्णय गर्न बोलाएको मन्त्रिपरिषद् बैठक सुरु भएको छ । 

आज बिहान ८ बजेका लागि बोलाइएको बैठक केही ढिलो गरी सिंहदरबारमा सुरु भएको छ । 

बैठकमा भूकम्पबाट प्रभावितहरूको उद्धार, राहत र पुनस्र्थापनाका विषयमा छलफल गरी ठोस निर्णय लिने प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए । 

भूकम्पबाट कर्णाली प्रदेशका जाजरकोट र पश्चिम रुकुम धेरै प्रभावित भएका छन् । दुई जिल्लामा धेरै मानविय र भौतिक क्षति भएको छ । अहिलेसम्म१५७ जनाको मृत्यु भइसकेको छ भने २५३ जना घाइते भएको पछिल्लो विवरण सार्वजनिक छ । 

प्रकाशित मिति: आइतबार, कात्तिक १९, २०८०  ०९:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update