Odapalika - The Fourth Estate - चौथो अंग
भुकम्पमा घाइते भएकाको सरकारले निःशुल्क उपचार गर्ने 

काठमाडौँ । सरकारले जाजरकोट भुकम्पमा परी घाइते भएर अस्पतालमा उपचार गराइरहेकाहरुको निःशुलक उपचार गर्ने निर्णय गरेको छ । 

आज बसेको मन्त्रिपरिषद बैठकले जाजरकोट केन्द्रबिन्दु भई शुक्रबार राति गएको भूकम्पबाट घाइते भएकाहरूको सबै अस्पतालमा निःशुल्क उपचार गराउने निर्णय गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको बैठकले तत्काल उद्धार गर्नुपर्ने व्यक्तिहरू लगभग सबैको उद्धार गरिएको र उपचारका लागि काठमाडौँलगायतका सबै स्थानका अस्पताललाई तयारी अवस्थामा राखिएको स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिए ।

उनले गोरखा भूकम्पपछि गरिएको राहत र पुनःस्थापनाका कामको सिकाइ र कमजोरीलाई ग्रहण गरी प्रभावकारीरूपमा राहत र पुनःस्थापनाका काम सञ्चालन गर्न तथा छिमेकी एवं मित्रराष्ट्रबाट प्राप्त हुने सहयोग कुन–कुन क्षेत्रमा कसरी लिने भन्नेबारेमा थप छलफल गरी निर्णय गरिने जानकारी दिए ।
 

प्रकाशित मिति: आइतबार, कात्तिक १९, २०८०  १०:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update