Odapalika - The Fourth Estate - चौथो अंग
ग्लोबल आइएमई बैंकले ९ प्रतिशत लाभांश दिने, बोनस सेयर कति ?

काठमाडौं । ग्लोबल आइएमई बैंकले लाभांश घोषणा गरेको छ । बैंक सञ्चालक समितिको आइतबार बसेको बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनिलाई बोनस र नगद गरी ९ प्रतिशत लाभांश घोषणा गरेको हो । 

बैंकले ८ प्रतिशत नगद लाभांश र एक प्रतिशत बोनस सेयर दिने निर्णय गरेको छ ।

नेपाल राष्ट्र बैंकको स्वीकृति तथा आगामी साधारण सभाबाट पास गरेपछि बैंकका लगानीकर्ताले सो मात्रामा लाभांश पाउनेछन् ।

प्रकाशित मिति: आइतबार, कात्तिक १९, २०८०  १०:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update