Odapalika - The Fourth Estate - चौथो अंग
भूकम्पपीडितलाई भाटभटेनीको १ करोड ११ लाख सहयोग 

काठमाडौं । भाटभटेनी सुपरमार्केटले पश्चिम नेपालको भूकम्प प्रभावित क्षेत्रमा राहत, उद्धार र पुनस्र्थापनाका लागि सहयोग गर्ने भएको छ । सुपरमार्केटले राहत स्वरुप १ करोड ११ लाख ११ हजार १११ रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेको हो । 

सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले सो सहयोग रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने घोषणा गरेका हुन् ।

गुरुङले विपदमा परेका नागरिकको उद्धार सरकारको पहिलो प्राथमिकता भएको उल्लेख गर्दै पीडित नागरिकलाई भाटभटेनीका तर्फबाट सहयोगको घोषणा गरिएको बताएका छन् ।

प्रकाशित मिति: आइतबार, कात्तिक १९, २०८०  ११:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update