Odapalika - The Fourth Estate - चौथो अंग
प्रधानमन्त्रीको भने : चिसोको मौसम छ, राज्यको सबै शक्ति राहत र पुनर्निर्माणमा केन्द्रित गरौं

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भूकम्पले ठूलो धनजनको क्षति गरेकोमा गहिरो दुःख व्यक्त गर्दै विपत्तिलाई पुनर्निर्माणको महत्वपूर्ण अवसरका रुपमा सदुपयोग गर्नुपर्ने बताएका छन् । 

जाजरकोट र रुकुम पश्चिममा गएको विनासकारी भूकम्पको क्षति र सरकारले चाल्नुपर्ने कदमबारे छलफल गर्न बोलाइएको विपद् व्यवस्थापन जोखिम न्युनिकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को १३ औं बैठकमा बोल्दै प्रधानमन्त्रीले विपदपछिको उद्दार, राहत र पुनर्निर्माण प्रभावकारी बनाउनेतर्फ गम्भीर हुन सबैलाई निर्देशित गरेका हुन् ।

‘भूकम्पपछि सबै दल, संघीय सरकार र विभिन्न निकायहरु, प्रदेश सरकार र स्थानीय सरकारहरुले लिएको पहलका निम्ति सबैमा धन्यवाद व्यक्त गर्दछुु । हिजो हामीले खोज, उद्दार र उपचारको काम गर्नुपथ्र्यो, हामीले त्यो काम मूलभूत रुपमा पुरा गरेका छौं । अब राहत र पुनस्र्थापनातर्फ केन्द्रित हुनुपर्छ’,उनले भने । 

उनले जाडोको मौसम भएको भन्दै न्यायो कपडाको बढी आवश्यक पर्ने भन्दै त्यसतर्फ ध्यानदिन समेत निर्देशन दिए । 

उनले भने, ‘नेपाल प्राकृतिक विपदको जोखिममा रहेको देश हो। तर, सरकारले जति पहल गर्नुपर्ने हो, जनतामा जति चेतना अभिवृद्धि गर्नुपर्ने हो, त्यो पुगेको छैन। पूर्वतयारी पुगेको छैन। यसमा गम्भीर रुपमा सोच्न जरुरी छ ।’

उनले ३ दिनसम्म राहत वितरणका लागि अधिकतम पहल गर्नुपर्ने भन्दै उनले राहत वितरण पछि पुनस्र्थापनाको काम गर्नुुपर्ने बताए । 

‘३ दिन हामी राहतका निम्ति अधिकतम राम्रो गर्न पहल गरौं । पुनस्र्थापना प्रभावकारी बनाउनुपर्छ । त्यसका लागि आवश्यक पर्ने ऐन, कार्यविधि र संरचना चाहिन्छ। भइरहेको ऐन, विधि र संरचनाले पुनर्निर्मिाणको काम प्रभावकारी देखिएको छैन, विगतको अनुभवको पनि हामीले राम्रो समीक्षा गर्नुपर्छ । आउने दिनमा थप प्रभावकारी बनाउने गरी हामीले काम गरौं’, उनले भने । 

बैठकमा सहभागी मन्त्रीहरु, सुरक्षा अंगका प्रमुखहरु र कर्मचारीहरुले भूकम्प गएलगत्तै प्रधानमन्त्री आफै फिल्डमा खटेकाले राज्यका सबै अंगहरु प्रभावकारी रुपमा परिचालित भएको भन्दै त्यसका लागि प्रधानमन्त्रीप्रति आफूहरुको उच्च सम्मान रहेको बताएका थिए । 

बैठकमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, अर्थमन्त्री डा. प्रकाशशरण महत, उर्जामन्त्री शक्ति बस्नेत, कृषि तथा पशुपन्छी मन्त्री डा. बेदुराम भुसाल, शिक्षामन्त्री अशोककुमार राई, सहरी विकासमन्त्री सीता गुरुङ, भौतिक योजना तथा निर्माण मन्त्री प्रकाश ज्वाला, नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा लगायतले प्रधानमन्त्रीको सक्रियता र खटाइ सबैलाई आश्चर्यचकित पार्ने खालको भएको बताउँदै त्यसबाट सबैमा उर्जा मिलेको बताएका थिए । 

प्रकाशित मिति: आइतबार, कात्तिक १९, २०८०  ११:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update