Odapalika - The Fourth Estate - चौथो अंग
भूकम्पमा मृत्यु भएकाका परिवारलाई सरकारले दुई लाख राहत दिने

काठमाडौं । नेपाल सरकारले जाजरकोट भूकम्पमा परी मृत्यु भएका व्यक्तिका प्रतिपरिवारलाई रु दुई लाखका दरले राहत दिने निर्णय गरेको छ । 

सिंहदरबारमा आइतबार बिहान बसेको मन्त्रिपरिषद् बैठकको निर्णय जानकारी गराउँदै नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले तत्काल राहतस्वरुप पहिलो चरणमा सो सहयोग उपलब्ध गराउने निर्णय भएको जानकारी दिईन । 

यसैगरी जाजरकोट भूकम्पका कारण मृत्यु भएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै राहत तथा उद्धारको कामलाई तीव्रता दिने र घाइतेको निःशुल्क उपचार गर्ने निर्णय भएको मन्त्री शर्माले जानकारी दिइन । 

शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु भई ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प जाँदा जाजरकोट र रुकुमपश्चिम जिल्लामा एक सय ५७ जनाको निधन भएको थियो ।

यस्तै, सरकारले जाजरकोट भुकम्पमा परी घाइते भएर अस्पतालमा उपचार गराइरहेकाहरुको निःशुलक उपचार गर्ने निर्णय गरेको छ । 

प्रकाशित मिति: आइतबार, कात्तिक १९, २०८०  १२:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update