Odapalika - The Fourth Estate - चौथो अंग
भूकम्प प्रभावित क्षेत्रमा स्लिपिङ ब्याग, त्रिपाल र ब्ल्यांकेट लिएर जार्दै उपप्रधानमन्त्री सहितको टोली

काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा मन्त्री र सांसदहरूसहितको टोली भुकम्पपीडितको उद्दार, राहत र उपचार अवस्था बुझ्न जाजरकोट र पश्चिम रुकुम जाने भएका छन् ।

नेपाली सेनाको जहाजबाट सुर्खेत पुगी त्याहाँबाट हेलिकप्टरमार्फत प्रभावित क्षेत्रमा पुग्ने उक्त टोलीले राहतका रूपमा एकहजार ५० स्लिपिङ ब्याग, दुईसय दुई त्रिपाल र एकसय ब्ल्याङ्केट समेत वितरण गर्ने छन्।

टोलीमा उपप्रधानमन्त्री श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत, उर्जामन्त्री शक्ति बस्नेत, सांसद एवम् माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा लगायत रहने गृहमन्त्रीको सचिवालयले जनाएको छ । 

प्रकाशित मिति: आइतबार, कात्तिक १९, २०८०  १२:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update