Odapalika - The Fourth Estate - चौथो अंग
पूर्वराज्यमन्त्री श्रेष्ठको एलएले भूकम्प पीडित १० विद्यार्थीलाई २ करोडको छात्रबृत्ति दिने

काठमाडौँ । पूर्वस्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ र विद्या लिम्बुले जाजरकोट र रुकुम पश्चिममा १० विद्यार्थीलाई २ करोड रुपैयाँ बराबरको छात्रबृत्ति दिने भएका छन् ।

लिटिल एन्जेल्स स्कुल (एलए एजुकेसन ग्रुप) का संस्थापकद्वय श्रेष्ठ र लिम्बुले भूकम्पमा परी आमाबाबु दुबै गुमाएका १० जना बालबालिकालाई एलए ग्रुप अन्तरगतका शिक्षण संस्थाहरुमा निःशुल्क शिक्षा प्रदान गर्न यस्तो छात्रबृत्तिको घोषणा गरेका हुन् । छात्रबृत्ति पाउने १० जनामा ५ जना छात्र र ५ जना छात्रा हुने श्रेष्ठले जानकारी दिए । 

एलए ग्रुप अन्तरगतका शिक्षण संस्थाहरुमा उच्च माध्यामिक तह (१२ कक्षा) सम्म निःशुल्क पढ्न पाइने र होस्टल सुविधा पनि उपलब्ध हुनेछ ।

‘एलए एजुकेसन ग्रुपका संस्थापकद्वय हामी (उमेश श्रेष्ठ तथा विद्या लिम्बू)ले जाजरकोट र रूकुम पश्चिममा गएको विनाशकारी भूकम्पले जनधनको ठूलो क्षति पुर्‍याएकोप्रति गहिरो दुस्ख व्यक्त गर्दै उक्त विपत्तिमा आमाबाबु दुवैजना गुमाएका १० जना बालबालिकाहरू (५ छात्र र ५ छात्रा) का  लागि उच्च माध्यमिक तहसम्म  एलए ग्रुप अन्तर्गतका शिक्षण संस्थाहरूबाट आवासीय सुविधासहितको निःशुल्क शिक्षा प्रदान गर्न न्यूनतम २ करोड रुपैयाँको छात्रवृत्ति उपलब्ध गराउने निर्णय लिएका छौं,’ पूर्वस्वास्थ्य राज्यमन्त्री समेत रहेका श्रेष्ठले सामाजिक संजाल एक्समार्फत जानकारी दिएका छन् ।

प्रकाशित मिति: आइतबार, कात्तिक १९, २०८०  १२:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update