Odapalika - The Fourth Estate - चौथो अंग
चेम्बरले भूकम्पबाट प्रभावित परिवालाई खाद्यान्न लगायत आवश्यक सामग्री सहयोग गर्ने

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले जाजरकोट र रुकुमका भूकम्प प्रभावित परिवारलाई खाद्यान्न लगायत सहयोग गर्ने भएको छ । चेम्बर अन्तरगतको  विपद् व्यवस्थापन कोषबाट भूकम्प प्रभावितलाई अत्यावश्यक सामग्री सहयोग गर्न लागिएको चेम्बरले जनाएको छ । 

चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले उक्त सामग्री कर्णाली प्रदेश चेम्बर अफ कमर्स मार्फत सरकारको एकद्धार प्रणालीमा पठाईने जानकारी दिए । 

उनका अनुसार चेम्बरले भूकम्पबाट अति प्रभावित जाजरकोट, रुकुम पश्चिम, लगायतका जिल्लाका पीडितलाई खाद्यन्ह, त्रिपाल, लत्ताकपडा लगायत सिरक डसना र म्याटे«स सहयोग गर्नेछ । 

सरकारी संयन्त्रसंग समन्वय गरेर नै सहयोग सामाग्री बितरण गरिने अध्यक्ष मल्लको भनाई छ । जाजरकोटमा गत शुक्रबार राति ११ बजेर ४७ मिनेटमा गएको भूकम्पमा परि मृत्यु भएकाप्रति चेम्बरले गहिरो समवेदान प्रकट गरेको छ । 

चेम्बरले जाजरकोट लगायतका आसपासका जिल्लामा भूकम्प पीडितको पुर्नस्थापनका लागि आवश्यक सहयोग संकलन जुटाउन समेत प्रदेश, जिल्ला र नगर चेम्बरलाई आग्रह गरिसकेको छ । 
 

प्रकाशित मिति: आइतबार, कात्तिक १९, २०८०  १४:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update