Odapalika - The Fourth Estate - चौथो अंग
मध्यपुर थिमि नगरपालिकाले माग्यो कक्षा ११ मा छात्रवृत्तिको निवेदन 

भक्तपुर । मध्यपुर थिमिभित्र रहेका सरकारी विद्यालयमा कक्षा ११ मा पढ्ने विद्यार्थीलाई नगरपालिकाले छात्रवृत्तिमा अध्ययन गराउने भएको छ । 

नगरपालिकाले ११ कक्षामा पढ्ने विद्यार्थिका लागि निश्चित मापदण्ड ताेकेर १० साउनभित्र आवेदन दिन भनेको छ । 

नगरप्रमुख सुरेन्द्र श्रेष्ठका अनुसार पालिकाले तोकेको मापदण्डभित्र पर्ने विद्यार्थीले १० साउनभित्र नगरपालिकाको कार्यालयमा पुगेर निवेदन दिनु पर्नेछ । 

फाराम भर्दा चाहिने कागजपत्र स्क्यान गरेर वा फोटो समेत बुझाउनु पर्छ । कागजातमा एसईईको प्रवेश पत्र, मार्कसिट र चारित्रिक प्रमाण पत्र पेश गर्नुपर्छ । हालसालै खिचेको पासपोर्ट साइजको फोटो, नागरिकता वा जन्म दर्ताको प्रमाण पत्रसँगै शिफारिस पेश गर्नुपर्छ । तोकिएको आरक्षित समूहमा फाराम भर्नेले आरक्षणको प्रमाण पत्र पेश गर्नुपर्छ । 

पेश भएका विवरणहरु झुठो ठहरिए त्यस्ता उम्मेदवारहरूको आवेदन फाराम रद्द हुनेछ । भर्ना भइसकेपछि जानकारी भए भर्ना रद्द गरी शैक्षिक कार्यक्रमबाट निष्काशन गरिनेछ । 

प्रकाशित मिति: आइतबार, साउन ७, २०८०  ११:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update