Odapalika - The Fourth Estate - चौथो अंग
भूकम्प प्रभवितलाई आरजु राईस मिलले दियो ५ सय बोरा चामल

काठमाडौं । आरजु राईस मिलले भूकम्प प्रभावितका लागि ५ सय बोरा चामल सहयोग गरेको छ । 

जाजरकोट र रुकुम पश्चिममा शुक्रबार राती आएको भूकम्पबाट प्रभावितका लागि आरजु राईस मिलले उक्त सहयोग गरेको हो । 

मिलले १० टन बराबरको २० किलोका ५ सय बोरा चामल प्रभावित स्थानमा पठाएको जनाएको छ । उक्त चामलको बजार मूल्य १२ लाख रुपैयाँ बराबरको छ । 

आरजु राईस मिल पूर्वी तराईको किसान माझ अवस्थित रहेको छ । यसको स्थापना वीरेन्द्र बहादुर बस्नेतले गरेका हुन् । मिलको नाम उनको जेठी छोरी ‘आरजु’ को नाउँमा रहेको छ ।

मीलमा नयाँ पुस्ताका स्वचालित स्वीस मेशिन जडान गरिएको छ । यसले धानलाई निफन्नेदेखि सुकाउने तथा भण्डारण गर्ने गर्छ । यसले दैनिक ४ टनसम्मको धानलाई कनिकारहित, धेरै धोईपखाली नगर्नुपर्ने, स्वादिलो चामल मिलिङ गर्छ ।

आरजु राईस मिलले विभिन्न धानको समर्थन मूल्य खेतीकिसानी अगाडी नै कायम गर्ने गरेको छ ।

प्रकाशित मिति: आइतबार, कात्तिक १९, २०८०  १५:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update