Odapalika - The Fourth Estate - चौथो अंग
भूकम्प पीडितको राहत र उद्धारमा गोदावरी नगरपालिकाले २५ लाख दिने

काठमाडौँ । ललितपुरको गोदावरी नगरपालिकाले जाजरकोट र रुकुम पश्चिममा भूकम्प पीडितको राहत, उद्धार र पुनस्थापनाको लागि २५ लाख रुपैयाँ दिने भएको छ ।

नगरपालिकाको आजको बैठकले यस्तो निर्णय गरेको मेयर गजेन्द्र महर्जनले जानकारी दिए । सो रकम केन्द्रीय राहत कोषमा जम्मा गरिने उनले जानकारी दिए ।

‘भूकम्पपछिको राहत, उद्धार र पुनस्थापनाका लागि २५ लाख रुपैयाँ राहत रकम उपलब्ध गराउने निर्णय गरेका छौं । यो रकम केन्द्रीय राहत कोषमा जम्मा गरिनेछ,’ मेयर महर्जनले वडापालिकासँग भने ।

गत शुक्रबार राति ११ बजेर ४७ मिनेट जादा जाजरकोट जिल्लाको रामीडाँडा केन्द्रविन्दु भएर ६.४ म्याग्निच्यूडको भूकम्प गएको थियो । सो भूकम्पमा परी करिब १०० जनाको ज्यान गएको छ भने धेरै घरहरु भत्किएका छन् । यस्तै, भूकम्पमा परी धेरै जना घाइते भएका छन् । 

राहत, उद्धार र पुनस्थापनको लागि अहिले देशभरबाट राहत प्रदान गर्ने कार्य भइरहेको छ ।

प्रकाशित मिति: आइतबार, कात्तिक १९, २०८०  १५:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update