Odapalika - The Fourth Estate - चौथो अंग
भूकम्पपीडितलाई कांग्रेसका सांसदले १५ दिनको तलब दिने

काठमाडौं । नेपाली कांग्रेसले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितका लागि सहयोगको घोषणा गरेको छ । कांग्रेसले सांसदहरुले १५ दिन बराबरको सेवासुविधा राहत कोषमा राख्ने निर्णय गरेको हो । 

आइतबार नेपाली कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाको अध्यक्षतामा धुम्बाराहीमा बसेको पार्टी बैंठकले उक्त निर्णय गरेको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए । 

उनका अनुसार जाजरकोट जिल्लाको रामीडाँडा केन्द्रविन्दु भएर गएको ६.४ म्याग्निच्युडको भूकम्पका कारण जाजरकोट र रुकुम (पश्चिम) जिल्लाका विभिन्न क्षेत्रमा ठूलो संख्यामा मानवीय क्षति, भौतिक क्षति र सयौं घाइते भएको घटना प्रति नपाली कांग्रेस संसदीय दल कार्यसमिति गहिरो दुःखी व्यक्त गरेको छ ।  

‘विनाशकारी भूकम्पमा परी जीवन गुमाउने प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछ, साथै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ’, कांग्रेसले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । 

प्रकाशित मिति: आइतबार, कात्तिक १९, २०८०  १५:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update