Odapalika - The Fourth Estate - चौथो अंग
जाजरकोट भूकम्प : ११ जिल्ला प्रभावित, ९३२ घर पूर्णरुपमा ध्वस्त

काठमाडौँ । शुक्रबार जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर ६ दशमलव ४ रेक्टरस्केलको भूकम्प जाँदा ११ जिल्ला प्रभावित बनेको छ । गृृह मन्त्रालयका अनसार उक्त भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा ठूलो मानवीय तथा भौतिक क्षति बेहोर्नु परेको छ ।

मन्त्रालयको प्रारम्भीक तथ्यांक अनुसार उक्त भूकम्पका कारण सातवटा जिल्लामा ९३२ घर पूर्ण रुपमा ध्वस्त भएका छन् । यस्तै, ३ हजार ७७० घरमा क्षति भएको पुुगेको छ । 

तथ्यांक अनुसार ती मध्ये २ हजार ८३८ घरमा आंशिक क्षति भएको छ भने ९३२ घर पूर्ण क्षति भएका छन् । भूकम्पका कारण सबैभन्दा बढी जाजरकोटमा ९०५ वटा घर पूर्णरुपमा ध्वस्त भएको छ भने २ हजार ६८५ घरमा आंशिक क्षति पुगेको छ ।

यस्तै, सल्यानमा ९७ वटा घरमा आंशिक र २५ घरमा पूर्ण क्षति, रुकुम पूर्वमा १९ घरमा आंशिक, नवलपरासी पूर्वमा एउटा घरमा क्षति पुगेको छ भने दैलेखमा एउटा घरमा पूर्ण र एउटा आंशिक क्षति भएको छ ।

मन्त्रालयका अनुसार प्युठानमा २९ वटा घरमा आंशिक क्षति पुगेको छ भने बैतडीमा एउटा घर भत्किएको छ ।

भूकम्पका कारण हालसमम १५७ जनाको मृत्यु भएको छ भने २५६ जना घाइते भएका छन्् । गृहको तथ्यांक अनुसार जाजरकोटमा १०५, रुकुम पश्चिममा ५२, दैलेख र जुम्लामा ३।३, सल्यानमा २ र रोल्पामा १ जनाको भूकम्पका कारण मृत्यु भएको छ । 

प्रकाशित मिति: आइतबार, कात्तिक १९, २०८०  १६:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update