Odapalika - The Fourth Estate - चौथो अंग
आजको राशिफलः वृषलाई सुख प्राप्ति हुँदा मिथुनको नयाँ कामको थालनी

मेष  (चु चे चो ला लि लु ले लो अ)

आजको दिन तपाईँको लागि प्रतिकूल रहेको छ । गरेका काम अपूर्ण रहनेछन् । इच्छा पूरा भएकोले मनमा चिन्ता तथा तनाव छाउनेछ । चिताएको वा सोचेको कुरा पूरा हुनेछैन । पारिवारिक झमेलामा पर्ने सम्भावना छ ।  

वृष (इ उ एओ बा बि बु बे बो)

आज सुख प्राप्त हुने समय छ । सबैबाट सहयोग पाइन्छ । खुसीको खबरले मन प्रफुल्ल हुनेछ । गरेको काम सफल हुन्छ । शरीरमा स्पूर्ति रहनेछ । किनमेलको अवसर प्राप्त होला । सबैको मायाले मनमा उर्जा थपिनेछ ।    

मिथुन (का कि कु घ ङ छ के को ह)

समय प्रतिकूल नै छ । काममा बाधा हुने देखिन्छ । नयाँ कार्यको थालनी आज नगर्दा राम्रो होला । आप्mनो स्वस्थ्यको विशेष ख्याल राख्नुपर्नेछ । आजको दिन लिनुदिनु नगर्दा राम्रो हुन्छ । छाती र पेटमा समस्या हुनसक्छ ।

कर्कट (हि हु हे हो डा डि डु डे डो)

आजको दिन धनप्राप्ति तथा श्रीप्राप्तिको योग देखिन्छ । कतैबाट कोसेली आउन सक्छ ।  अरुको सल्लाह लिएर काम गर्दा विशेष उपयोगी हुनेछ । स्वस्थ्यमा सुधार आउनेछ । मनमा खुसी आउनेछ । बेलुकी तिर अप्रिय खवर सुन्नुपर्ला । संयमताको आवश्यक देखिन्छ ।  

सिंह (मा मि मु मे मो टा टि टु)

आजको दिन सिंह राशिको लागि प्रतिकूल समय रहेको छ । गरेका हरेक काममा बाधा आउनेछन् । नचिताएको धन खर्च हुने योग छ । मानसिक तनावका साथ दिन बित्नेछ । स्वस्थ्यमा पनि गढबढ आउला । खानपिनमा सजग हुनु पर्नेछ ।

कन्या (टो प पि पु ष ण ठ पो)

आज चन्द्रमाको साथ छ । आजसम्म रोकिएका कामले गति ल्निेछ । टाढाको यात्राको अवसर नआउला भन्न सकिन्न । सबै मनका तनावहरु कम हुँदै जानेछन् । धन प्राप्तिको अवसर मिल्ला । मान सम्मान प्राप्त हुन्छ । 

तुला (र रि रु रे रो ता ति तु ते) 

आर्थिक पक्ष कमजोर होला । धेरै परिश्रम गर्दा थोरै  मात्र लाभ हुनेछ । अनावश्यक खर्च होला । रिस गर्ने धेरै छन् त्यसतर्फ ध्यान नदिई आफ्नाे कार्यमा तल्लीन रहनु राम्रो हुन्छ । शरीर शिथिल भएको अनुभूति हुनेछ । चोटपटकको पनि सम्भावना देखिन्छ ।

वृश्चिक (तो ना नि नु ने नो या यि यु)

तपाईँलाई चन्द्रमाले साथ दिएका छन् । गरेको काम बन्नेछ । यात्राको अवसर नआउला भन्न सकिन्न । सबै क्षेत्रको सफलताले मन फुरुक्क हुनेछ । धन पाउने अवसर पनि मिल्ला । सम्मान प्राप्त हुन्छ । स्वस्थ्यले पनि साथ दिनेछ ।

धनु (ये यो भा भि भु ध फा ढा भे)

धनु राशिका लागि आजको दिन मध्यम छ । शरीरको थकान अत्यधिक महसुस हुनेछ । जति तर्क गरे पनि सबैको मन जित्न सकिनेछैन । धन गुमाउन सकिन्छ । खर्चगर्दा विचार गर्नुपर्ने देखिन्छ ।

मकर (भो जा जि जु जे जो खा खि खु खे खो गा गि)

तपाईँको मान सम्मानको कदर हुनेछ । समयले साथ दिनेछ । कामले पूर्णता पाउनेछ । मन भने चञ्चल रहनेछ । रमाइलोका साथ दिन बित्नेछ । आकस्मिक लाभ हुनेछ । तपाईँको प्रशंसा गर्नेको कमी हुनेछैन ।

कुम्भ (गु गे गो सा सि सु से सो दा)

आफन्तजनसँग भेटघाटले रमाइलो अवसर मिल्नेछ । आप्mनो सीप प्रदर्शन गर्ने मौका मिल्नेछ । सबैबाट प्रशंसा पाइनेछ । बोली बिक्नेछ । आफ्नाे बोलीले अरुको मन दुखाउने कुरामा भने सतर्कता अपनाएको राम्रो । स्वस्थ्यमा सुधार आउनेछ । 

मीन (दि दु थ झ ञ दे दो चा  ची) 

आजको दिन सम्मान पाउनु हुनेछ । मन र शरीरमा स्पूmर्ति आउनेछ । परिवारको साथ पाइनेछ । स्वास्थ्यमा सुधार देखिन्छ । आवश्यक काममा खर्चहुनेछ । मन तनावरहित हुनेछ ।

प्रकाशित मिति: सोमबार, कात्तिक २०, २०८०  ०६:५९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update