Odapalika - The Fourth Estate - चौथो अंग
पहाडमा पानीको सम्भावना हुँदा अन्यत्र यस्तो छ आजको मौसम 

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशको पहाडी भू–भागमा मैसम आंशिक बदली रही एक दुई स्थानमा चट्याङ्ग सहित हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव छ । अहिले देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको विभागले जनाएको छ । 

सोमाबार दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ । साथै देशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको विभागले उल्लेख गरेको छ । 

विभागका अनुसार उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना छ । राति देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहने विभागको भनाइ छ ।


 

प्रकाशित मिति: सोमबार, कात्तिक २०, २०८०  ०७:०७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update