Odapalika - The Fourth Estate - चौथो अंग
तपाइँले गोजीमा बोकेको फोन दर्ता छ ? ब्लक हुनसक्छ, यसरी थाहा पाउनुहोस् 

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले आजबाट एमडिएमएस प्रणालीमा दर्ता नभएको मोवाइल फोन व्लक हुने बताएको छ । 

मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएसी लागू गरेको प्राधिकरणले यसअघि नै १५ दिनको समय दिएर यो प्रणालीमा दर्ता हुन भनिसकेको छ । 

यो प्रणाली लागु भएपछि प्रणालीमा दर्ता नभएका फोनहरू क्रमश ब्लक हुने प्राधिकरणका अध्यक्ष पुरूषोत्तम खनाल बताउँछन् । अवैध फोनको कारोवार नियन्त्रण गर्न यस्तो व्यवस्था ल्याइएको उनको भनाइ छ । 

प्राधिकरणले गत ४ कात्तिकमा सूचना जारी गर्दै १५ दिनभित्र सेवाग्राहीहरूलाई एमडिएमएसमा दर्ता नभएका मोबाइल फोनसेट दर्ता गर्न भनेको थियो । 

कसरी गर्ने दर्ता ? 

तपाईको फोन प्रणालीमा दर्ता छेन भने आत्रजाट क्रमशः बन्द हुँदै जाने छन् । प्राधिकरणले शुरुमा १ लाख भन्दा महंगा मोवाइल सेट बनद गर्ने भनेकाले महंगा फोन जुन दर्ता छैनन् ती फोन आजैबाट बन्द हुन थाल्नेछन् । 

हाइ रेन्जका मोबाइलसेटहरु जस्तै आइफोन, वानप्लस, सामसङलगायत पहिलो सूचीमा बन्द हुनेछन् 

बन्द हुनबाट जोगिन भने घरमै बसेर सामान्य काम गरे पुग्छ । हरेक मोबाइलको आइएमइआई नम्बर  हुन्छ । भन्सार तिरेर भित्रिएको मोवाइलामा यस्तो नम्बर स्वत दर्ता हुन्छ । 

तपाईको फोन दर्ता छ कि छेन भनेर चेक गर्न भने तपाइले  एमडिएमएसको आधिकारिक पोर्टल https://mdms.nta.gov.np मा गएर निर्देशनअनुसार आइएमआइ नम्बर दर्ता गर्न सक्नु हुनछ । 

आइएमआइ नम्बर कति हो भनेर थाहा पाउन भने तपाइँको फोन सेटको किप्याडमा *#०६# डालय गरेर कल गर्नुभयो भने त्यसपछि नम्बर देखाउने छ । त्यही नम्बर माथिको वेवसाइटमा राखेर दर्ता गर्न सकिन्छ । 

फाेन दर्ता भएकाे छैन रहेछ भने चाँही तपाइँले आइएमइआई नम्बर फाेनसेटबाट कपी गरेर प्राधिकरणाकाे वेवसाइट https://eir.nta.gov.np खाेलेर दर्ता गनुपर्छ ।

प्रकाशित मिति: सोमबार, कात्तिक २०, २०८०  ०७:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update