Odapalika - The Fourth Estate - चौथो अंग
आइतवार मध्यरातमा पनि जाजरकोटमा भुकम्पको ३ धक्का 

काठमाडौँ । गत शुक्रवार मध्यरात जाजरकोटमा गएको ६ दशमलव ४ म्याग्निच्युटको भुकम्पपछि निरनतर परकम्पको क्रम जारी छ । 

आइतवार मध्यरातमा र उज्योलो हुने बेलामा गरी जाजरकोटमा पुनः ३ वटा भुकम्पको धक्का महसुस भएको नेपाल भुकम्प मापन केन्द्रले जनाएको छ । 

केन्द्रकाअनुसार आइतवार मध्यरात १ बजेर २२ मिनेटमा ४ म्याग्निच्युट र २ बजेर २४ मिनेटमा ४ दशमलव १ म्याग्निच्युटको भुकम्प मापन भएको छ । 

बिहान ४ बजेर ५३ मिनेट जाँदा जाजरकोटकै रामीडाडा केन्द्र बनाएर ३ दशमलव ८ म्याग्निच्युटको भुकम्प मापन गरिएको केन्द्रले जनाएको छ । 

शुक्रवारको ठूलो भुकम्पयतामात्र जाजरकोटमा ४ म्याग्निच्युटमाथिका ७ वटा परकम्प मापन गरिएको केनद्रले जनाएको छ । 

प्रकाशित मिति: सोमबार, कात्तिक २०, २०८०  ०८:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update