Odapalika - The Fourth Estate - चौथो अंग
सिद्धार्थनगरका मेयरले ६ महिनाको सुविधा भुकम्पपीडितलाई दिने 

काठमाडौँ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाका मेयर इश्तियाक अहमद खाँले आफ्नो ६ महिनाको तलब सुविधा जाजरकोट भूकम्प पीडित राहत कोषमा जम्मा गर्ने घोषणा गरेका छन् ।

नगरप्रमुख खाँले ६ महिनाको सुविधा बराबरको २ लाख ३४ हजार रुपैयाँ जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितको राहतमादिएको जानकारी दिएका हुन् । मेयर खाँले मासिक ३९ हजार रुपैयाँ सुविधा पाउँछन् । 

भूकम्पको क्षतिप्रति दुःख व्यक्त गर्दै मेयर खाँले भूकम्प पीडितहरुको पुनंस्थापना, गाँसलगायतका व्यवस्थापनका लागि सहयोग होस् उक्त सहयोगको घोषणा गरेको जानकारी दिए । 

उनले घोषणा गरेको सहयोग रकम दुवै जिल्लाको विपद् व्यवस्थापन कोष वा नेपाल सरकारले तोकेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिदिने सिद्धार्थनगर नगरपालिकाको कार्यालयले जनाएको छ ।

यस्तै विनासकारी भूकम्पछि सिद्धार्थनगरपालीकाले विभिन्न संघसस्थाको सहयोगमा भुकम्प प्रभावित क्षेत्रमा एक ट्रक राहत आइतबार राती पठाएको नगर प्रमुखको सचिवालयले जनाएको छ । 

नगरपालिकको साथै नगरको विभिन्न संघसंस्थाको सहयोगमा कम्बल, चामल, चाउचाउ, फुरनदाना, सिरक, लत्ताकपडा लगायतकाएक ट्रक राहत साम्रगीजाजरकोट जिल्लाका लागि आईतबार राती जिल्ला विपद् व्यवस्थापन समिति रुपन्देहीका अध्यक्ष (प्रजिअ) गणेश अर्याललाई हस्तान्तरण गरेको नगर सचिवालयले जनाएको छ । 

प्रकाशित मिति: सोमबार, कात्तिक २०, २०८०  ०९:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update