Odapalika - The Fourth Estate - चौथो अंग
नलगाढमा ५४ जनाको मृत्यु हुँदा ४ महिने शिशुसहित २७ बालबालिकाको गयो ज्यान

काठमाडौं । गत शुक्रवार जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको ६ दशमलव ४ म्याग्निच्युटको भुकम्पमा परेर जाजरकोटको नलगाढ नगरपालिकामा मात्र ४ महिने शिशुसहित ५४ जनाले ज्यान गुमाएका छन् । 

मृत्यु हुनेमा ५० प्रतिशत बालबालिका रहेको पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत बलविर विकले जानकारी दिएका छन् । 

भुकम्पले वडा नम्बर १ मा ४ महिनाकी वालिका दिक्षा घर्ती, वडा नम्बर ५ मा ९ महिनाकी वालिका सोफिया खड्का, वडा नम्बर ६ मा १४ महिनाका बालक टाइजन रावल, वडा नम्र ७ मा १८ महिनाका वालक सन्दिप नेपालीको मृत्यु भएको विकले जानकारी दिए । 

भुकम्पमा परेर ४ जना ज्येष्ठ नागरिकले ज्यान गुमाएका छन् भने वडा नम्बर १ मा मात्र २५ जनाले ज्यान गुमाएका छन् । भुकम्पमा परेर नगरपालिकाकी उपमेयर सरिता सिंहको पनि ज्यान गएको छ ।

भुकम्पमा परेर नलगाढमा ६८ जना घाइते भएका र उनीहरुको उपचार भइरहेको अधिकृत विकले जानकारी दिए । 

यस्तो छ मृतकको विवरण 

nalagaad1699242132.jpg

nalagaad 21699242130.jpg


 

प्रकाशित मिति: सोमबार, कात्तिक २०, २०८०  ०९:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update