Odapalika - The Fourth Estate - चौथो अंग
विराटनगरमा पूर्वमेयर कांग्रेस गुटबन्दीको शिकार !

काठमाडौं । विराटनगर महानगरपालिकाका पूर्वमेयर भीम पराजुलीले कांग्रेस भित्र चरम गुटवन्दी भएको भन्दै गुटबन्दीको शिकार आफुलाई पनि बनाइएको दुखेसो गरेका छन् । 

कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका पराजुली हाल कोसी प्रदेश सांसद छन् । कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा आज आफ्ना धारणा राख्ने क्रममा उनले पार्टीभित्र चरम गुटबन्दी रहेको बताएका छन् । पार्टीमा देखिएको गुटबन्दीले कार्यकर्तामा निराशा छाएको उनको दखेसो छ ।

‘पार्टीभित्र गुटबन्दी चरम देखिएको छ । एक गुटले अर्को गुटको नेतालाई दुश्मनजस्तो व्यवहार गरेको देखिन्छ । यसले कार्यकर्तामा निराशा छाएको छ।  पार्टीको रुप धारण गर्न सकेको छैन् । गुटबन्दीले कांग्रेस गाँजिएको छ । यसको शिकार म पनि भएको छु ,’  उनले भने ।

केन्द्रीय सदस्य पराजुलीले पार्टी भित्र गुटबन्दी अन्त्य गर्न विशेष ध्यान दिनु पर्ने बताएका छन् । पार्टीको कार्य प्रकृयामा विश्वसनीयता नभएकाले आफुले कुनै कारवाहीको सिफारिस नगरेको बताए । 

पराजुलीलाई गत स्थानीय तह निर्वाचनमा असहयोग गरेको भन्दै क्षेत्रिय समितिले उनलाई कारवाहीको सिफारिस गरेको थियो । विराटनगर महानगरपालिकामा पुनः उम्मेदवार बन्न चाहेका उनलाई पार्टीले प्रदेशसभा सदस्यको टिकट दिएर नागेश कोइरालालाई उम्मेदवार बनाएपछि वढेको असन्तुष्टिसँगै उनी कारवाहीका लागि सिफारिसमा परेका थिए । तर माथिल्ला समितिले उनलाई कारवाही भने गरेन । 
 

प्रकाशित मिति: आइतबार, साउन ७, २०८०  १२:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update