Odapalika - The Fourth Estate - चौथो अंग
निगम सुधारको प्रतिवेदन कार्यान्वयन गर्न समिति गठन

काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रलयले प्रतिवेदन कार्यन्वयन सुझाव समिति गठन गरेको छ । 

मन्त्रलयले वायुसेवा निगमको संरचनागत र व्यवस्थापकिय व्यवस्थापन समितिको प्रतिवेदन कार्यन्वयन सुझाव समिति गठन गरेको हो । दिपेन्द्रबहादुर क्षेत्रीको संयोजकत्वमा तयार पारिएको प्रतिवेदन कार्यन्वयनका लागि निगमका पूर्व महाप्रवन्धक कुलबहादुर लिम्बुको संयोजकत्वमा समिति गठन भएको हो । 

समितिको सदस्यमा सञ्चारकर्मी टिकाराम राई, वायुसेवा निगमको सञ्चालक समितिमा मन्त्रलयबाट प्रतिनिधित्व गर्ने सह सचिव र वायुसेवा निगमको प्रशासन महाशाखाको विभागीय प्रमुख रहने गरि समिति बनेको हो । 

पूर्वगर्भनर क्षेत्री संयोजक रहेको समितिले ५ महिना लगाएर वायुसेवा निगम सुधारका लागि व्यवशायीक र संरचनागत सुधारका लागि प्रतिवेदन तयार पारेको थियो । उक्त सुझाव कार्यन्वयनका लागि समिति तयार पारिएको मन्त्रलयले जनाउको छ ।

प्रकाशित मिति: सोमबार, कात्तिक २०, २०८०  १३:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update