Odapalika - The Fourth Estate - चौथो अंग
दोलखाका ९ पालिकाले भुकम्पपीडितलाई २० लाख रुपैयाँ सहयोग गर्ने 

काठमाडौँ । दोलखा जिल्लाका सबै स्थानीय सरकारहरु मिलेर जाजरकोट भूकम्पपीडितलाई २० लाख रकम पठाउने भएका छन् । 

सोमबार बसेको जिल्ला समन्वय समितिको बैठकले भूकम्प पीडितका लागि स्थानीय तहबाट २० लाख रकम उपलब्ध गराउने निर्णय गरेको वागमती प्रदेशका पूर्व वन तथा वातावरण मन्त्री विशाल खड्काले जानकारी दिएका छन् । 

दुई नगरपालिकाले ३ लाखका दरले र ७ वटा गाउँपालिकाले २ लाख रुपैयाँका दरले सहयोग उपलब्ध गराउने निर्णय भएको उनको भनाइ छ । दोलखा जिल्लामा कुल ९ वटा पालिकाहरु छन् । 

प्रकाशित मिति: सोमबार, कात्तिक २०, २०८०  १४:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update