
काठमाडौँ । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाले व्यक्तिगत घटना दर्तालाई प्रोत्साहन गर्ने नीति अनुसार शिशु जन्मिएको ३० दिनभित्र जन्मदर्ता गराउनेलाई एक क्यारेट अण्डा उपहार दिन थालेको छ ।
पालिकाको स्वास्थ्य नीतिमा उल्लेख भएअनुसार हरेक वडा कार्यालयले बच्चा जन्मिएको ३० दिन भित्र जन्मदर्ता गराउने बच्चको आमालाई निःशुल्क एक क्यारेट अण्डा दिन थालेको हो ।
भुकम्पको पीडाबीच पालिकाले वडावडाबाट यो अभियान थालेको जनाएको छ । जन्मदर्ताको प्रमाणपत्रसँगै एक क्यारेट अण्डा दिन थालेपछि पोषण क्षेत्रमा सुधारमात्र नभइ व्यक्तिगत घटना दर्तामा समेत स्थानीयवासीको चासो वढ्ने पालिकाको विश्वास छ ।
पालिकाले हरेक वडामा यतिवेला भिटामिन ए र जुकाको औषधि खुवाउने कार्यलाई समेत निरन्तरता दिइरहेको छ । यो अभियान वडा नम्वर ३ भाग्लेमा सम्पन्न भइसकेको छ भने अन्य वडामा पनि धमाधम भइरहेको जनाइएको छ ।