Odapalika - The Fourth Estate - चौथो अंग
राष्ट्रपतिको युरोप भ्रमण स्थगित

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको युरोप भ्रमण स्थगित भएको छ । भूकम्पका कारण मुलुकको वर्तमान परिस्थिति असहजरहेको कारण राष्ट्रपतिको भ्रमण स्थगित भएको हो ।

२२ कात्तिकमा फ्रान्सको पेरिसमा आयोजना हुने पेरिस पिस फोरममा भाग लिन राष्ट्रपति त्यसतर्फ जाने त्यहाँबाट जर्मनी र इटाली भ्रमणमा जाने तय भएको थियो । 

तर भुकम्पका कारण राहत र उद्धारमा देश रहेकाले यसतो बेला भ्रमण गर्न उचित नहुने भन्दै राष्ट्रपतिले भ्रमण स्थगित रहेको उनको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, कात्तिक २०, २०८०  १५:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update