Odapalika - The Fourth Estate - चौथो अंग
बर्दिवास नगरपालिकाले स्थानीय खेलाडीलाई मासिक भत्ता दिने 

महोत्तरी । बर्दिवास नगरपालिकाले पालिकामा छनोट भएका खेलाडीहरुलाई मासिक भत्ता दिने भएको छ ।

पहिलो चरणमा फुटवल खेलमा वडा वडावाट पालिकामा छनोट भएका खेलाडीहरुलाई प्रोत्साहन गर्ने उदेश्यले मासिक भत्ता दिने भएको हो ।

बर्दिवास खेलकुद  समितिको अनुसार १४ वटै वडावाट पारम्भिक चरणमा ३३ जना खेलाडी छनोट भएका छन् । ३३ जनावाट पनि उत्कृष्ट २२ जनालाई मात्र छनोट गर्ने नगर खेलकुद  समितिका अध्यक्ष दिपेन्द्र शिवभक्तिले जानकारी दिए ।

खेलाडीहरुको मनोवल वढाउन पालिकाले शैक्षिक खर्च पनि बेहोर्ने भएको छ । खेलवाट नै जिविकोपार्जन गर्न सक्ने वातावरण तयार नहुदा प्रतिभावान खेलाडीहरु प्रदेश पलायन भएको वताउँदै नगरले राष्ट्रियरुपमा नै खेलाडी उत्पादन गर्ने अभियान अघि बढाएको अध्यक्ष शिवभक्तिले वताए  ।

आगामी आर्थिक बर्षवाट खेलका अन्य विधाहरुलाई पनि समेटने नगरपालिकाले जनाएको छ । ‘हरेक क्षेत्रलाई हामी नया ढंगले विकास गर्न चाहन्छौँ,’ नगरप्रमुख प्रल्हाद कुमार क्षेत्रीले भने ।

आज एक पत्रकार सम्मेलन गरेर पारम्भिक चरणमा छनोट भएका खेलाडीहरुलाई खेलसामाग्री समेत वितरण गरिएको छ ।

होटल तथा पर्यटन व्यवसायी संघ महोत्तरीले ३३ थान ट्याकसुट, स्थानीय व्यापारी कुमार भण्डारी र कमल पोखरेलले पानी पिउने बोत्तल र जर्सी सहयोग गरेको नगर खेलकुद समितिले जनाएको छ ।

नेकपा एमालेका युवा नेता कुमार भण्डारीले नगर खेलकुदको नाममा भएको बजेट यसअघि दुरुपयोग भएको वताउदै अहिले उक्त बजेट सिर्जनात्मक ढंगले प्रयोग भएको बताए ।
 

प्रकाशित मिति: सोमबार, कात्तिक २०, २०८०  १७:००
प्रतिक्रिया दिनुहोस्
Weather Update