Odapalika - The Fourth Estate - चौथो अंग
फुङलिङ नगरपालिका क्षेत्रका व्यवसाय भदौ २० सम्ममा दर्ता भइसक्नु पर्ने, के–के चाहिन्छ कागजात ?

काठमाडौँ । ताप्लेजुङ जिल्लाको फुङलिङ  नगरपालिकाले आफ्नो नगर क्षेत्रका सबै व्यवसायलाई नगरपालिकामा दर्ता हुन भनेको छ ।

नगरपालिकाले एक सार्वजनिक सुचना प्रकाशित गरी दर्ता हुन भनेको हो । साउन ५ गते नगरपालिकाले प्रकाशित गरेको सार्वजनिक सुचनामा सो मितिले ४५ दिनभित्र (करिब भदौ २० गते) दर्ता भइसक्न भनेको छ ।

नेपालको संविधान अनुसार स्थानीय तहमा दर्ता हुनुपर्ने उद्यम व्यवसाय पनि दर्ता नभएको कारण ४५ दिनको म्याद दिएर सार्वजनिक सुचना प्रकाशित गरिएको मेयर अमिर मादेनले जानकारी दिए ।

‘संविधान र कानुनले तोकेअनुसार नगरपालिकामा दर्ता हुन आउनु पर्ने धेरै व्यवसाय दर्ता भएका छैनन् । नगरपालिकामा दर्ता भए भने उनीहरुको विवरण हामीसँग हुन्छ, आपत विपतको बेलामा आवश्यक सहयोग गर्न सकिन्छ । फेरि कानुनले पनि नगरपालिकामा दर्ता हुनै पर्छ भनेकोले दर्ता हुन आउनुस भनेर सुचना प्रकाशित गरेका हौं,’ मेयर मादेनले वडापालिकासँग भने ।

fungling-nagarpalika-notice1690096879.jpg

उनले सो नगरपालिकामा करिब ६० वटा सहकारी संस्था भएपनि १८ वटा मात्रै दर्ता हुन आएको बताए । सहकारी संस्थाहरु पनि स्थानीय तहमा दर्ता हुनुपर्ने कानुनी व्यवस्था छ । 

प्रकाशित मिति: आइतबार, साउन ७, २०८०  १३:०४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update