Odapalika - The Fourth Estate - चौथो अंग
आज पहाडी क्षेत्रमा मेघ गर्जनसहित वर्षाको सम्भावना 

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशको पहाडी भू–भागमा मौसम आंशिक बदली रही एक दुई स्थानमा मेघ गर्जनसहित हल्का वर्षा रउच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । अहिले देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको विभागले जनाएको छ । 

आजदिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ। साथै देशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको विभागले उल्लेख गरेको छ । यस्तै, उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना छ ।

आज राति देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ । कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ । 

प्रकाशित मिति: मंगलबार, कात्तिक २१, २०८०  ०६:५४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update