Odapalika - The Fourth Estate - चौथो अंग
आजको राशिफलः कुम्भको काम बन्दा तुलाको आय आर्जन योग 

आजको पञ्चाङ्ग 

तिथि: दशमी, नक्षत्र: मघा, करण: वणिज, चन्द्रराशि: सिंह, सूर्योदय: ६:१९, सूर्यास्त: १७:१४, दिनमान: २७:१८ घडी, राहुकाल: दिनको ३:०० देखि ४ः३० सम्म ।

तपाईँको आज 

मेष (चु चे चो ला लि लु ले लो अ)

आजको बिहानीपख काम नबने पनि दिउँसोदेखि समयले साथ दिनेछ ।  रमाइलोसँग दिन बित्नेछ । विद्यामा सफल तथा सन्तानको प्रगति सुन्न पाइनेछ ।

वृष (इ उ ए ओ बा बि बु बे बो)

जग्गा, घर तथा सवारी साधनको प्राप्तिको योग छ । साथीहरुसँगको मनोरञ्जनमा दिन बित्नेछ । स्वस्थ्यमा भने समस्या आउनसक्नेछ ।  

मिथुन (का कि कु घ ङ छ के को ह)

तपाईँको आज खर्चिलो दिन हुनेछ । दाजुभाइ नै शत्रु भने हुनेछन् । पराक्रम बढ्नेछ ।

कर्कट (हि हु हे हो डा डि डु डे डो)

आज अचानक धनलाभ हुनेछ । गरेको कामबाट प्रशंसा र सम्मान प्राप्त हुनेछ । किनमेलमा समय खर्चिनु पर्नेछ ।

सिंह  (मा मि मु मे मो टा टि टु)

सामाजिक कार्यमा संलग्न भइनेछ । जोश जाँगरले कठिन काम सजिलै बन्नेछ । अरुलाई प्रभावमा राख्न सकिनेछ ।

कन्या (टो प पि पु ष ण ठ पो)

गरेको कामको जस पाइँदैन । पैसाको कारण वादविवाद होला । लेनदेनको कारण तनाव हुनेछ । खर्च बढ्नेछ । 

तुला (र रि रु रे रो ता ति तु ते)

आजको दिन आयआर्जनको सुनौलो दिन रहनेछ । कुनै सामान प्राप्त हुनेछ । आजको यात्रामा सुखद हुनेछ । 

वृश्चिक (तो नानि नु ने नो या यि यु)

आज तपाईँको बोलीको सम्मान हुने देखिन्छ । गरेको कामले पूर्ण सन्तुष्टि दिनेछ । मनोरञ्जनपूर्ण र रमाइलो दिन हुनेछ । 

धनु  (ये यो भा भि भु ध फा ढा भे)

समय भाग्योदयको रहेकाले काम बन्नेछन् । आजको कारोबारले सन्तुष्ट दिने देखिन्छ । शत्रुपक्ष निर्बल देखिनेछन् ।

मकर  (भो जा जि जु जे जो खा खि खु खे खो गा गि)

आज जे गर्नुहुन्छ त्यो कामले सफलता पाउन कठिन छ । सामान गुमाउन सकिनेछ । निकै सोचविचार गरेर मात्र काम गर्नुहोला ।

कुम्भ (गु गे गो सा सि सु से सो दा)

आज जीवनोपयोगी सामानको खरिद हुनेछ । महत्वपूर्ण कार्य बन्नेछन् । मन उत्साहित हुनेछ । सन्तानको खुसी देखिन्छ । 

मीन  (दि दु थ झ ञ दे दो चा ची) 

जुन कुरामा पनि शत्रुसँग विवाद हुनसक्छ । पराक्रम घट्नेछ । धैर्यताको साथ लिएर काम गर्नुहोला । स्वस्थ्यमा गडबढी हुनेछ ।

प्रकाशित मिति: मंगलबार, कात्तिक २१, २०८०  ०७:०६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update