Odapalika - The Fourth Estate - चौथो अंग
काठमाडौँ महानगरले २ हजार भुकम्पपीडितलाई खाद्यान्न र औषधि दिने 

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले जाजरकोट भूकम्पका प्रभावितहरुका लागि २ हजार थान ब्ल्यांकेट सँगैै २ हजार घर परिवारका लागि खाद्यान्न राहत, औषधि तथा सफाइ सामग्री पठाउने तयारी गरेको छ । नेपाली सेनाको स्काइ ट्रकबाट ब्ल्याङ्केट पठाइएको छ भने राहतका प्याकेट स्थलमार्गबाट पठाउने तयारी गरेको छ । 

राहत सहयोगसँगै प्राविधिक सहयोग आवश्यक परे काठमाडौँ महानगरपालिकाले उपलब्ध गराउने नगर प्रमुख बालेन्द्र शाहले बताए । 

प्रभावित क्षेत्रमा खाद्यान्नमा ५ किलो चामल, २ किलो चिउरा, १ किलो दाल, १ किलो नुन र एक लिटर खाने तेल राखिएको छ । विपद व्यवस्थापन विभागका प्रमुख गंगाधर गौतमका अनुसार सरसफाइ तथा औषधिजन्य सामग्रीमा ५०० एमएलको सेनिटाइजर, २ वटा हात धुने साबुन, एउटा पानी शुद्धिकरण गर्ने प्युरिफायर झोल, १० वटा भएको १ प्याकेट सेनिटरी प्याड, ५ प्याकेट जीवन जल, २ फाइल सिटामोल र फोहोर राख्ने १० वटा भएको प्लाष्टिकको ठूलो थैलो १ प्याकेट पठाउने महानगरको तयारी छ ।
 

प्रकाशित मिति: मंगलबार, कात्तिक २१, २०८०  ०८:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update