Odapalika - The Fourth Estate - चौथो अंग
निफ्राको लाभांश घोषणा, नगद सेयर कति ?

काठमाडौं । नेपाल इन्फ्रास्ट्रकचर बैंक (निफ्रा) ले लाभांश घोषणा गरेको छ । कम्पनीको सोमबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७९/८० को संचित मुनाफाबाट लाभाशं वितरण गर्ने प्रस्ताव गरेको हो  ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको ४.२१०५ नगद लाभांश (कर सहित)  वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले हाल कायम चुक्ता पूँजी २१ अर्ब ६० करोडको ४.२१०५ ले हुने ९० करोड ९४ लाख ६८ हजार रुपैंया नगद लाभांस वितरण गर्ने प्रस्ताव गरेको हो । 

नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीमा उक्त लाभांश वितरण हुने छ  ।

प्रकाशित मिति: मंगलबार, कात्तिक २१, २०८०  १०:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update