Odapalika - The Fourth Estate - चौथो अंग
बैद्य इनर्जीले नेपाल ल्यायो एथर इलेक्ट्रीक, सोमबारदेखि बिक्री सुरु

काठमाडौँ । भारतमा उत्पादन भएको विश्वस्तरीय विद्युतिय स्कुटर एथरको आयात कर्ता कम्पनी बैद्य इनर्जीले आफ्नो पहिलो शोरुम संचलानमा ल्याएको छ । काठमाडौंको ग्रैह्रिधारामा पहिलो अन्तर्राष्ट्रिय

स्तरको शोरुमा संचालनमा ल्याएको हो । कम्पनीको पहिलो शोरुममा प्रिमियम स्कुटर ४५० एक्सको दुई भेरियन्ट सार्वजनिक गरेको हो ।

एथर ४५० एक्स

कम्पनीले आफ्नो सर्वाधिक बिक्री हुने फ्ल्यागशिप मोडल ‘४५० एक्स’ को दुई भेरियन्ट सार्वजनिक गरेको छ । बैद्य इनर्जिले एथर ‘४५० एक्स’ दुई फरक ब्याट्री अप्सनमा उपलब्ध छ जसमा २.९ किलोवाट आवर र ३.७ किलोवाट आवरको ब्याट्री रहेको छ । ग्राहकले आफ्नो आवश्यकता अनुसारको भर्सन छनोट गर्न सक्नेछन् ।

कम्पनिले २.९ किलोवाट आवर ब्याट्री भएको स्कुटरको मूल्य ३ लाख ८५ हजार रुपैयाँ र ३.७ किलोवाट आवरको ब्याट्री भएको स्कुटरको मूल्य ४ लाख २० हजार रुपैयाँ तोकेको छ । 

Ather scuty1699335399.JPG

एथर ‘४५० एक्स’ लाई सिंगल चार्जमा १०० किलोमिटरदेखि १४६ किलोमिटरसम्म गुडाउन सकिने छ । यसको टप स्पीड ९० किलोमिटर प्रतिघन्टा रहेको छ ।

एथर ‘४५० एक्स’ अविश्वसनिय फिचरको कारण चर्चामा रहेको इलेक्ट्रीक स्कुटर हो । यसमा ७ इन्चको टीएफटी स्मार्ट टच डिस्प्ले उपलब्ध छ । जसमा गुगल म्याप, नेभिगेशन फिचर, टायर प्रेशर मोनिटर जस्ता फिचर उपलब्ध छन् ।

यसमा सेग्मेन्ट फ्रष्ट फिचरको रुपमा हिल होल्ड, बाइब्री क्यालिपर, टच डिस्प्ले, ५ राइड मोड, बेल्ट ड्राइभ, फलसेफ जस्ता फिचर उपलब्ध छन् ।

प्रकाशित मिति: मंगलबार, कात्तिक २१, २०८०  ११:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update