Odapalika - The Fourth Estate - चौथो अंग
बिरामी मृत्यु प्रकरण : पाटन अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प

काठमाडौं । पाटन अस्पतामा आकस्मिकबाहेकका सेवाहरु ठप्प भएको छ । उपचारका क्रममा बिरामीको मृत्युु भएको भन्दै आफन्तहरुले डाक्टरमाथि हातपात गरेपछि चिकित्सकहरुले सेवा ठप्प पारेका हुन्। 

गत शनिबार पाटन अस्पतालमा उपचाररत दुई बिरामीको सुईको माध्यमबाट औषधि दिएको केहीबेरमै मृत्यु भएको छ । त्यसपछि आक्रोशित आफन्तले चिकित्सक र स्वास्थ्यकर्मीमाथि हातपात गरेको अस्पतालको आरोप छ ।

कार्यस्थलमा कामगर्ने वातावरण नभएको भन्दै डाक्टरहरुले हातपात गर्नेहरुलाई पक्राउ नगरेसम्म सेवा ठप्प पार्ने चेतावनी समेत दिएका छन् । प्रहरीले अहिलेसम्म हातपातमा संग्लन कसैलाई पनि पक्राउ गरिसकेको छैन । 

प्रकाशित मिति: मंगलबार, कात्तिक २१, २०८०  १२:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update