Odapalika - The Fourth Estate - चौथो अंग
भुकम्पपीडितलाई जुम्लाका ३ पालिकाले दिए १६ लाख रुपैयाँ 

काठमाडौँ । जुम्लाका ३ वटा स्थानीय तहले भूकम्पपीडितलाई आर्थिक सहयोग गरेका छन् । गत शुक्रबार राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पले जाजरकोट र रुकुम जिल्लामा ठूलो धनजनको क्षति भएको छ । 

दुखद परिस्थितिको सामना गरिरहेका पीडितलाई सहयोगका लागि तातोपानी गाउँपालिकाले १० लाख रुपैयाँ दिने निर्णय गरेको गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंले जानकारी दिए । पातारासी गाउँपालिकाले सरकारको दैवी प्रकोप व्यवस्थान कोषमा ५ लाख रुपैयाँ भूकम्प प्रभावितका क्षेत्रमा सहयोग गर्ने निर्णय गरेको गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाले जानकारी दिइन् ।

भूकम्प प्रभावित क्षेत्रमा खोज, उद्धार, राहत, उपचार, पुनःस्थापना, पुनःनिर्माणलगायत कार्यमा सहयोग पु¥याउन  सिञ्जा गाउँपालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख रुपैयाँ जम्मा गर्ने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालले बताए ।
 

प्रकाशित मिति: मंगलबार, कात्तिक २१, २०८०  १२:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update